आइएसएमटी कलेजमा ‘दशैं फेस्ट’ (फाेटाे फिचर)
पाेखरा | असोज १७, २०८१
पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।
नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसएमटी दशैं फेस्ट’ गरेको हो ।
दि जुकबक्स ब्याण्डको विशेष प्रस्तुती रहेको फेस्टमा विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुती राखे । फुड, म्युजिक, ड्रिन्क्स र डान्स थिममा कलेजले यो कार्यक्रम राखेको हो ।
कलेज परिसरमा बुधबार अपरान्ह ४ बजेदेखि चलेको फेस्टमा विद्यार्थीहरुले खुलेर मज्जा लिए ।

पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पढाईसँगै मनोरञ्जन पनि आवश्यक रहेको उल्लेख गरे ।
उनले यस कलेज वडाको चिनारीका रुपमा रहेको बताउँदै समसामयिक शिक्षा प्रदान गर्नुका साथै यहाँबाटै बेलायतको विश्वविद्यालयको प्रमाणपत्र पाउने अवसर सिर्जना गरेकोमा आभार व्यक्त गरे ।

आइएसएमटी कलेज पोखराका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार अवसरमा कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी कर्मचारीबीच शुभकामना आदानप्रदान गर्ने हेतु पनि यस कार्यक्रम आयोजना गरिएको हो ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।

कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।


यो पनि पढ्नुहोस
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...







